सुत्नुअघि यी ७ कुरा नगर्नुस् । तौल बढ्छ

सुत्नुअघि यी ७ कुरा नगर्नुस् । तौल बढ्छ


केन्द्रबिन्दु डेस्क । ९ साउन, काठमाडौं ।

सहरी जीवनशैलीमा मोटोपना आम समस्याको रूपमा देखा परेको छ । मोटाउनु आफैमा रोगलाई निमन्त्रणा गर्नु हो । यो कुरा सबैलाई थाहै छ । त्यसैले त मोटोपन घटाउनका लागि व्यायाम गर्ने, खानपानमा नियन्त्रण गर्ने गरिन्छ ।

खासगरी राती सुत्नुअघि त्यस्ता केही गल्ती गरिन्छ जसले तौल बढाउँछ । मोटोपन बढाउँछ । कसरी ?

डिनरमा ओभरडाइटिङ
रातमा पाचन क्रिया सुस्त हुन्छ । यसले क्यालोरी बर्न हुन पाउँदैन । यसले गर्दा शरीरमा बोसो जम्मा हुन्छ । फलतः तपाईंको मोटोपन बढ्छ ।
टेलिभिजन हेर्दै डिनर नगरौं । प्रोटिन र सागसब्जी बढी सेवन गरौं ।

डिनर नगर्नु
मोटोपन एवं तौल घटाउनकै लागि कतिले रातको खाना खाँदैनन् । यसले पनि राम्रो नतिजा दिँदैन । राती खाना नखाएपछि मेटाबोलिज्म सुस्त हुन्छ । बिहान उठेपछि धेरै भोक लाग्छ र धेरै खानेकुरा खाइन्छ । यदि राती धेरै भोक लाग्दैन वा खानामा अरुचि भए सलाद, फलफूलको सेवन गरौँ । 

डिनरमा भुटेको तारेको खानेकुरा
राती स्वादिलो खाने निहँुमा भुटेको, तारेको खानेकुरा खाइन्छ । यसमा धेरै क्यालोरी हुन्छ । रातको समयमा शरीरले उक्त क्यालोरी बर्न गर्न सक्दैन । त्यसैले रातको खाना सकेसम्म सुपाच्य र हल्का हुनुपर्छ ।

डिनरमा कार्बोहाइड्रेटयुक्त खाना
पिज्जा, पास्ताजस्ता कार्बोहाइड्रेटयुक्त खानामा क्यालोरी धेरै हुन्छ । राती यस्तो खानेकुरा सेवन गर्दा फ्याट बढ्छ ।

डिनरपछि स्न्याक्स खानु
कतिपयको बानी हुन्छ, डिनरपछि पनि स्न्याक्स खाने । यसले ओभरडाइटिङ हुन्छ । यसले स्वतः तौल बढाउँछ ।

आइसक्रिम वा मिठाई
रातको खानापछि आइसक्रिम, मिठाई खाने बानी पनि सही होइन । यसमा क्यालोरी धेरै हुन्छ ।

राती अबेरसम्म नसुत्ने
राती धेरै समय नसुत्ने बानीले पनि तौल बढाउँछ । जब निन्द्रा पूरा हँुदैन मेटाबोलिज्म स्लो हुन्छ, फ्याट बर्न हँुदैन । त्यसैले भोक बढी लाग्छ । दैनिक ७ घण्टा नियमित सुत्ने गरौँ ।

 

Logo