बागलुङ जिप दुर्घटनामा चारको मृत्यु

बागलुङ जिप दुर्घटनामा चारको मृत्यु


बागलुङ, ९ साउन । बढीगाड गाउँपालिका– ५ मा जिप दुर्घटनामा परी आज चारजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । 

जलजलाबाट ग्वालीचौरतर्फ आउँदै गरेको ध१ज १८४ नं को जिप बादिपमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी जिपका चालक बढीगाड गाउँपालिका– ४ का २७ वर्षीय तुलबहादुर पुन, सोही ठाउँका ३९ वर्षीय हरमन काउचा, वडा नं ८ का ३६ वर्षीय नारायण सेरबुजा र वडा नं ५ का ६० वर्षीय मुक्तबहादुर पाइजाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिनुभयो । चारैजनाको घटनास्थलमै मृत्यु भएको हो । 

घाइतेलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लैजाने तयारी भइरहेको छ । घाइते हुनेमा टेकबहादुर पाइजा, बालमती पाइजा, दिपेश पाइजा, दिपशिखा पाइजा, भीमबहादुर श्रीस र भीम सेरबुजा रहेका प्रहरीले जनाएको छ ।

जिप सडकदेखि करिब सात मिटर तल खसेको थियो । रासस 

Logo