रक्षाको साइट ह्याक

रक्षाको साइट ह्याक


केन्द्रबिन्दु संवाददाता । ९ साउन, काठमाडौं ।

नेपाल सरकार रक्षा मन्त्रालयको वेभसाइट ह्याक भएको छ । सुरुमा ह्याकरले साइटलाई आफ्नो बसमा राखेको थियो भने अहिले सरकारले साइट बन्द गरेको छ । रक्षाको आधिकारिक वेभसाइट www.mod.gov.np हो ।

ह्याकरले आफ्नो ठेगाना समेत उल्लेख गरेको थियो । जसअनुसार उसले “प्याडक्स साइबर घोस्ट” भनेर आफ्नो नाम उल्लेख गरेको थियो । ‘हामी अजय छौँ’ ह्याकरहरुले धम्कीपूर्ण भाषामा लेखेका छन् । अहिले ह्याकरले लेखेको संदेश हटाएर मन्त्रालयले साइट बन्द गरेको छ ।

 

Logo