“ब्रेकफास्ट”मा भुलेर नखानुस् यी खानेकुरा

“ब्रेकफास्ट”मा भुलेर नखानुस् यी खानेकुरा


केन्द्रबिन्दु डेस्क । ८ साउन, काठमाडौं ।

बिहान उठेर मनतातो पानी पिउनुपर्छ । नित्य कर्म सकेर ब्रेकफास्ट लिनुपर्छ । स्वास्थ्य दिनचर्याको सुरुवात हो यो । तर, ब्रेकफास्टमा के लिने ? हेक्का हुनुपर्छ । अन्याथा त्यसले फाइदा होइन, बेफाइदा गर्छ ।

कति खाद्यपदार्थमा एसिडको मात्रा बढी हुन्छ । यस्तो खानेकुरा खाली पेटमा खान हुन्न । कतिपय स्वास्थ्यकर खानेकुरा छन्, तर खाली पेटमा सेवन गर्नु उपयुक्त हुँदैन ।

केरा
नियमित केरा खानु राम्रो हो । तर, बिहान ब्रेकफास्टको रुपमा यो सही भोजन होइन । यसमा म्यागनिशियम हुन्छ, जसले रगतमा एक तत्व बढाइदिन्छ । यसै कारण मुटुमा समस्या देखापर्छ ।

दही
दही स्वादिलो र स्वास्थ्यकर पेय हो । यसमा पोषण पनि भरपुर हुन्छ । तर, खाली पेटमा दही सेवन गर्दा हाइड्रोक्लोरिक एसिड बन्छ । यसै कारण ल्याकटिक एसिडयुक्त ब्याक्टेरिया मर्छ । र, तपाईको ब्याक्टेरियल प्रणालीमा नोक्सान पुर्याउँछ ।

नासपाती
मौसमी फलफूलको रुपमा नासपातिको सवेन निकै लाभदायक मानिन्छ । तर, खाली पेट नासपाती नखाएकै बेस । किनभने यसमा केहि कच्चा फाइबर हुन्छ, जसले तपाईको श्लेष्मा झिल्लीमा चोट पुर्याउँन सक्छ ।

गोलभेंडा
अचारको रुपमा गोलभेडाको सेवन गर्न सकिन्छ । यसलाई सलाद बनाएर पनि खान सकिन्छ । गोलभेडामा धेरै टनिक एसिड हुन्छ । खाली पेटमा यसको सेवनले ग्याष्टिक अल्सरको खतरा बढाउँछ ।

कांक्रा
स्वास्थ्य र सौन्दर्य दुबै रुपमा कांक्राको प्रयोग गर्न सकिन्छ । तर, ब्रेकफास्टको रुपमा कांक्रा तथा हरियो सब्जी नखानु राम्रो हो । किनभने यसमा अमिना एसिड हुन्छ । यसले पेटमा समस्या निम्त्याउँछ ।

पेस्ट्री र केक
पेस्ट्री तथा केक स्वादिलो त हुन्छ तर बिहान खाली पेटमा यसको सेवन उत्तिकै हानिकारक हुन्छ । यसले पेटको समस्या ल्याउँछ । साथै खाली पेटमा कार्बोनेटेड ड्रिंक पनि लाभदायक हुदैन । यसले श्लेष्मा झिल्लीमा चोट पुर्याउँछ ।

मसलेदार खाना
ब्रेकफास्ट हल्का र सुपाच्य हुनुपर्छ । चिल्लो, पीरो तथा मसलेदार खानेकुरा ब्रेकफास्टको रुपमा सेवन नगरेकै राम्रो हो । बिहान खाली पेटमा यसले एसिड पैदा गर्छ ।

 

Logo