भक्तपुर मालपोतका कर्मचारीहरु घुससहित पक्राउ

भक्तपुर मालपोतका कर्मचारीहरु घुससहित पक्राउ


७ साउन, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुर मालपोतका कर्मचारी घुससहित पक्राउ गरेका छन्  । भक्तपुर मालपोत कार्यालयका अधिकृतसहित चार जना कर्मचारीलाई शुक्रबार साँझ ५० हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

उनीहरुलाई मध्यपुर नगरपालिका वडा नं ३ कौशलटार चोकमा रहेको वेभ शेकुवा कर्नरमा सेवाग्राहीसँग घुस लिइरहेको समयमा पक्राउ गरेको अख्तियारले जनाएको छ । पक्राउ पर्नेहरुमा अधिकृत चक्रबहादुर श्रेष्ठ, नायवसुब्बा राजकुमार घिमिरे, नायव सुब्बा दिनेश रेग्मी र खरिदार दुर्गा पोखरल रहेका छन् । 

पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

Logo