रसुवा, ७ साउन । तीर्थस्थल गोसाइँकुण्ड जाँदा लेक लाग्ने समस्या हल गर्ने औषधि साथमा राख्न चिकित्सकले सुझाव दिएका छन् ।  

जिल्ला अस्पतालका मेडिकल अधिकृत डा कमल पोखरेलका अनुसार उचाइ चढ्दा लौरिविनायकभन्दा माथि लेक लाग्ने समस्या आउन सक्ने भएकाले घरबाट गोसाइँकुण्ड स्थान निस्कनुपूर्व नै एसिटाजोल अनाइड चक्की साथमा राख्न सुझाव दिइएको छ । "/>

गोसाइँकुण्ड जाँदा सावधानी अपनाउन सुझाव

गोसाइँकुण्ड जाँदा सावधानी अपनाउन सुझाव


रसुवा, ७ साउन । तीर्थस्थल गोसाइँकुण्ड जाँदा लेक लाग्ने समस्या हल गर्ने औषधि साथमा राख्न चिकित्सकले सुझाव दिएका छन् । 

जिल्ला अस्पतालका मेडिकल अधिकृत डा कमल पोखरेलका अनुसार उचाइ चढ्दा लौरिविनायकभन्दा माथि लेक लाग्ने समस्या आउन सक्ने भएकाले घरबाट गोसाइँकुण्ड स्थान निस्कनुपूर्व नै एसिटाजोल अनाइड चक्की साथमा राख्न सुझाव दिइएको छ । 

सो औषधिले फोक्सोमा पानी जम्न नदिने बताउँदै डा पोखरेलले दुई चार चक्की सिटामोल, दुई चार पोका जीवनजल र पानीको बोतल बोक्न सल्लाह दिनुभयो । 

गोसाइँकुण्ड समुद्री सतहदेखि १४ हजार सय फिटको उचाइमा पर्छ । सत्ययुगमा समुद्रमन्थनपछि उत्पन्न हलाहल कालकूट विषले संसार दग्ध गर्न लागेकाले शिवले त्यसलाई सेवन गर्दा डाह भई जिउ शान्त बनाउन पार्वतीको माइत हिमालयतर्फ लागेका शिवले पहिले वेत्रावती र पछि नीलाद्रि पर्वतमा त्रिशूल गाडी पानी पिएका थिए । त्यतिले पनि शान्त नभएपछि उनी तीनधारेबाट बगेको पानीबाट निर्मित कुण्डमा शयन गरेका थिए । कुण्डमा अझै पनि शिव लेटिरहेको अवस्थामा देख्न सकिने विश्वास छ । 
यात्रामा बाक्लो स्विटर र कानेटोपी लगाउँदा तथा बेला बखत वीरेनून, मरिच, ज्वानु, पाचक र लसुन खाँदा शारीरिक अवस्था यथास्थानमा राख्न सहज हुने धैबुङका पण्डित टंकप्रसाद ढकालले बताउनुभयो । 

गोसाइँकुण्डमा दशहरा र रक्षाबन्धनका बेला ठूलो मेला लाग्छ । यस वर्ष यही साउन १३ गते नागपञ्चमी(जनैपूर्णिमा) परेको छ । सो दिन स्नान र पूजाराधना गर्दा गोसाइँबाबालगायत सम्पूर्ण देवदेवताको दर्शन मिल्ने धार्मिक विश्वास छ । 

पूजाआजाका लागि भने तामाको दियो, बसाहा, बत्ती, धुप, जौतिल, जटा नरिवल, श्रीखण्ड वा केशरी, गाईको घिउ र बेलपत्रका साथै वस्त्र प्रयोग गरिन्छ । रासस 

Logo