शैक्षिक मेलाको दोस्रो दिन तेत्तिस हजार सहभागी

शैक्षिक मेलाको दोस्रो दिन तेत्तिस हजार सहभागी


काठमाडौँ, ६ साउन । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को ११आँै शैक्षिक मेलाको दोस्रो दिन आज ३३ हजार ५०० ले अवलोकन गरेका छन् । 

भृकुटीमण्डपमा जारी चारदिने मेलाको पहिलो दिन भने करिब २५ हजार विद्यार्थी र अभिभावकको सहभागिता थियो । पहिलो र दोस्रो दिन आउने विद्यार्थीमध्ये केही दुवै दिन आएको पनि पाइएको छ । 

मेलामा विद्यार्थीले विभिन्न देशका प्रवेशाज्ञा नीति, शिक्षा पद्धति र शैक्षिक वातावरणबारे आधिकारिक जानकारी पाउन सक्ने इक्यानका प्रचार संयोजक उमेश ढुंगेलले जानकारी दिनुभयो । विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिको प्रत्यक्ष संलग्नता रहेको सोे मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताका कक्ष छन् । 

नेपालबाट अष्ट्रेलिया, भारत, अमेरिका, बंगलादेश, श्रीलंका, न्यूजिल्याण्ड तथा युरोपका बेलायतलगायत विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी जाने गर्छन् । मेलाभित्रै रक्तदान, दन्त शिविर र भूकम्पसम्बन्धी तस्बिर प्रदर्शनी कार्यक्रम पनि चलाइएको छ । रासस 

Logo