अख्तियारद्वारा ३५८ उजुरी फछ्र्योट

अख्तियारद्वारा ३५८ उजुरी फछ्र्योट


६ साउन, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय, पोखराले आर्थिक वर्ष २०७३/७४ मा ३५८ वटा उजुरी फछ्र्योट गरेको छ । 

गत आवमा ३९३ उजुरी परेको थियो । कार्यालयका प्रमुख यदुप्रसाद पन्थीका अनुसार आव २०७२/७३ मा फछ्र्योट हुन नसकेका २८९ उजुरीसमेत गरी कुल ६८२ उजुरीमध्ये ३२४ फछ्र्योट हुन बाँकी छ भने ५८ वटा उजुरी फछ्र्योटका लागि केन्द्रमा पठाइएको छ । 

पश्चिमाञ्चल विकास क्षेत्र हेर्ने गरी २०७० साल असोजमा पोखरामा आयोगको कार्यालय सञ्चालनमा आएको हो । शिक्षामा सबैभन्दा बढी ३२ प्रतिशत, संघीय मामिला तथा स्थानीय विकासमा २८, भूमिसुधार र वनमा छ/छ प्रतिशत तथा स्वास्थ्य, ऊर्जा र गृहमा तीन/तीन प्रतिशत उजुरी परेको थियो । अनुसन्धानका सिलसिलामा रु २८ लाख ५१ हजार असुल गरिएको छ । रासस

Logo