राप्रपाको निस्कर्ष: हलगोरुले गर्दा हार्यो, सरकारमा जानेबारे अन्यौल

राप्रपाको निस्कर्ष: हलगोरुले गर्दा हार्यो, सरकारमा जानेबारे अन्यौल


६ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हलगोरु चुनाब चिन्हका कारण पार्टीले चुनाब हारेको निष्कर्ष निकालेको छ । गत बुधबारदेखि राजधानीमा सुरु भएको केन्द्रिय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । 

 

बैठकको निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कमल थापाले चुनाव चिन्ह हलगोरु मत पत्रमा रहेको र त्यसलाई गाई ठानेर मत दिदा मत बदर भएको बताए। अध्यक्ष थापाले उम्मेदवार नै नभएको यहि चिन्हका कारण पार्टीको पराजय भएको बताए। थापाले  हलगोरु चुनाव चिन्ह मतपत्रबाट हटाउन समेत माग गरे।

 

बैठकले संविधान संशोधन सकारात्मक भएको निष्कर्ष निकालेको छ। तर कतिपय सांसदहरुले भने कुनै पनि हालतमा संबिधान संशोधनको पक्षमा मतदान गर्न नसकिने बताएका छन् ।

यसैबीच प्रधानमन्त्री शेर बहादुर देउवाले राप्रपाको धारणा पर्खिरहदा राप्रपामा भने यसबारे मतभेद देखिएको छ । सराकारमा जाने कि नजाने भन्ने बिषयमा बिबाद आएपछि अन्तिम निर्णय गर्ने जिम्मा केन्द्रिय कार्यसमितिलाई दिएको छ ।

Logo