नवलपरासी, ६ साउन । बसले ठक्कर दिँदा यहाँ आज एक जना साइकलयात्रीको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा नवलपरासी बुलिंगटार घर भई गैँडाकोटमा डेरा गरी बस्ने १९ वर्षीय तेजराम थापा रहेका छन् । "/>

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु


नवलपरासी, ६ साउन । बसले ठक्कर दिँदा यहाँ आज एक जना साइकलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा नवलपरासी बुलिंगटार घर भई गैँडाकोटमा डेरा गरी बस्ने १९ वर्षीय तेजराम थापा रहेका छन् । ठक्करबाट गम्भीर घाईते भएका थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दैलेखबाट काठमाडाँैका लागि हिडेको ना ४ ख ३१९४ नं को बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटस्थित काँग्रेसचोकमा बाटो काट्ने क्रममा ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी नायब निरीक्षक नवीनकुमार थापाले जानकारी दिनुभयो । 

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 

Logo