कमल थापाबिरुद्ध केन्द्रिय सदस्यकै उजुरी, चार करोड नतिरेको खुलासा

कमल थापाबिरुद्ध केन्द्रिय सदस्यकै उजुरी, चार करोड नतिरेको खुलासा


६ साउन, काठमाडौँ । राप्रपाको जारी केन्द्रिय समिति बैठकमा गम्भीर उजुरी परेको छ । पार्टीकै केन्द्रिय सदस्य दिल विकास राजभण्डारीले पार्टी अध्यक्ष कमल थापाबिरुद्ध गम्भीर उजुरी दर्ता गराएका हुन् ।

राप्रपाका केन्दीय सदस्य दिलविकास राजभण्डारीले पार्टी कार्यालय बनाउदा लागेको चार करोड अध्यक्ष कमल थापाले अहिलेसम्म फिर्ता नगरेको भन्दै  उजुरी गरेका हुन् ।पार्टीमा आफ्नो योगदानको उचित मुल्यङकन नभएको भन्दै गुनासो समेत पोखेका छन् ।

राजभन्डारीले आफ्नो योगदान र ४ बुंदे प्रतिबद्धता समेत उल्लेख गरेका छन् ।

हेर्नुस् उजुरीको पुरा विवरण

वसुधैव कुटुंवकम्सर्वे भवन्तु सुखिनः
सम्माननीय अध्यक्ष श्री कमल थापा ज्यू

वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री श्री लोकेन्द्र बहादुर चन्द ज्यू
वरिष्ठ नेता तथा पूर्व अध्यक्ष श्री पशुपति शम्सेर राणा ज्यू
पार्टीका आदरणीय उपाध्यक्षज्यूहरु, महामन्त्रीहरु लगाएत पार्टीका पदाधिकारी तथा केन्द्रिय कार्य
समितिका सहकर्मी साथीहरु

एकिकरण पश्चात सम्पन्न एकता महाधिवेशन पछि बसेको यो दोस्रो केन्द्रिय सदस्यको पुर्ण बैठकमा आपसी छलफल र निर्णयले पार्टीलाई स्थानिय तहको निर्वाचनबाट भएका कमि कमजोरीलाइ मूल्यांकन गरि भावि कार्य योजनाको ठोस निति तय गर्नेछ र त्यस कार्यनिति अन्र्तगत कार्यसमिति चलायमान हुने छ भन्ने मैले विश्वास लिएको छु । दुई चरणमा भएको निर्वाचनलाइ औल्याउदा खेरि पार्टीको कार्यकर्तालाई व्यापक परिचालन नभएको मैले पाएको छु ।साथै आउदो असोज २ गतेको क्षेत्र नं.२ को
निर्वाचनमा पार्टीले ठोस रणनिति अपनाई व्यापक प्रचार प्रसार गरियोस र अन्य पार्टीको हाराहारीमा आउन सकियोस भन्ने मेरा शुभकामना छ र यसै बैठकमा मैले गरेको सहयोग र योगदानको सहि मूल्याकन होस भन्ने भरोसा राख्दै विगतमा मैले गरेका काम र योगदानको विस्तृत विवरण पेश गर्न चाहन्छु ।

पार्टीमा मेरो योगदान:
यस पार्टी कार्यालय “शशिकला स्मृति भवन” बनाउन अध्यक्ष श्री कमल थापाजीले मसँग २ आना जग्गा माग्नुभएको तर मैले २ आना जग्गाले नपुग्ने राय दिई कम्तिमा ८ आना जग्गाको व्यवस्था गरिदिने प्रतिवद्धता बमोजिम मैले १२ आना जग्गा उपलव्ध गराय साथै हामी दुवै जनाको भद्र समझदारी बमोजिम भवन बनाउने कुरामा म पार्टीलाई सकेसम्म छिटो भवन वनाई हस्तान्तरण गर्ने प्रयासमा लागे र सफल पनि भए । तर अध्यक्ष ज्यू र मेरो छोरा अनिल राजभण्डारी विच भएको भद्र सहमति अझै सम्म पुरा हुन सकेको छैन । भवन बनाएबापत भवनमा लाग्ने सम्पूर्ण खर्च पार्टीले व्यहोर्ने र जग्गाको खर्च मैले व्यवस्था गर्ने सहमति भएको समझदारी मैले मेरो छोरा श्री अनिल
राजभण्डारीलाई सुनाए र काम थाल्न लगाए सोहि बमोजिम अनिलले रातदिन नभनि सो भवन निर्माणको लागि निरन्तर खटि निर्माण सम्मन्न ग–यो । तर पार्टी प्रति देखाएको सहदायताको कुनै मूल्यांकन भएको मैले पाइन र पार्टीका साधारण सदस्य कृयाशिल नभएका कनिष्ट व्यक्तिलाई माथि ल्याउने काम भएको महशुस गरेको छु ।
अव सो भवन निर्माणमा जे जति खर्च हुन्छ पार्टीले मलाई सोधभर्ना गर्ने सहमति भएबमाजिम भवन निर्माण गर्दा उल्लेखित खर्च भएको व्यहोरा यहाँ राख्दछु । 

१. सोजग्गामा ६५०० वर्गफिटकोभवन निर्माणको लागि २ करोड ५९ लाख रुपैया खर्च लागेको छ । त्यस बाहेक कार्यालयका विभिन्न कोठा आल्मुनियम पार्टेशन गर्न भनि २३००००० (तेइस लाख) खर्च लागेको छ । तर हाल सम्म मैले ३० लाख मात्र भुक्तानी पाएको छु । बाकी रकम अहिले सम्म पाएको छैन । उक्त रकम मैले महालक्ष्मी फाइनान्सबाट ऋणलिई खर्च गरेको हुँ । हालसम्म मैले सो ऋणको साँवा र व्याज समेत तिर्दै आएको छु । तर मैले सो खर्चको साँवा
मात्रपनि पार्टीबाट भुत्तानी पाएको छैन ।

२. त्यस्तै २०७० सालको आम निवार्चनमा पार्टीले म लगाएत अन्य साथीबाट लिएको १५३०००००(एक करोड त्रिपन्न लाख) जसमा पुरुषोत्तम शाहीबाट रु.५००००००,कमला शर्मा सँग रु.२३००००० र मेरो ८०००००० रहेकोमा अझसम्म फिर्ता भएको छैन । हालसम्म हिसाव गर्दा ४०६००००० चार करोड छ लाख लिन बाँकी रहेको छ । सो रकम अभिलम्ब फिर्ता होस भन्ने चाहन्छु । पार्टीलाई २०औं लाख चन्दा सहयोग,पार्टी संगठनका लागि दिएको खर्च, पार्टीलाइ माथी पु–याउनको लागि दिइको लाखौ अनुदान र पार्टी संगठनका निम्ति ५०औ लाख बरावरको गाडी किनेको छु । तर सो कुराको मैले पार्टीसँग कुनै मागदावी गरेको छैन । यसको सही मूल्याकंन होस भन्ने चाहेको छु । पार्टी भित्र इमान्दारी र स्वच्छता भए आगामी दिनमा पनि पार्टीलाई लोकप्रिय र शक्तिशाली बनाउने उदेश्यले म लागिरहेको छु ।

मेरो प्रतिबध्दता: पार्टीमा रहेसम्म

१. देश भित्र र विश्व समुदायमा नेपाल र नेपालीको विशिष्ठ पहिचान र प्रतिष्ठा कायम गर्नको लागि सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र कामय गर्न म दृढ संकल्प गर्दछु ।
२. नेपालको विशिष्ठ धर्म, संस्कृति सभ्यता,कला साहित्य आदिको संरक्षण,संर्वधन गर्दै भावी पुस्तालाई सून्दर, शान्त, समृद्ध नेपाल राष्ट्र हस्तान्तरण गर्न म प्रतिवद्ध छु ।
३. पार्टीद्धारा निर्धारित सिद्धान्त –राष्ट्रियता, प्रजातन्त्र उधारवादलाई व्यवहारमा कार्यान्वयन गर्न म  दृढ छु ।
४. हाम्रो देशको भौगोलिक सम्बेदंनशिलतालाई समेत ख्याल गर्दै विशाल छिमेकि मुलुकहरु र विश्व समुदायबिच समान सुमधुर सम्बन्ध कायम गर्नको लागि लोकतान्त्रिक राजसंस्था कायम गर्न म प्रतिवद्ध छु ।

जय राष्ट्रवाद
निर्वाचित केन्द्रिय सदस्य
दिल विकास राजभण्डारी

Skip This
Logo