प्रदेशप्रदेश २समाचार

पूर्वराजा जनकपुर पुग्दा घन्कियो, ‘राजा ल्याऊ देश बचाऊ’ को नारा

जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाहको मधेशमा भव्य स्वागत गरिएको छ । उनको जनकपुरमा भव्य स्वागत गरिएको हो । उनका समर्थकहरु घण्टौसम्म फूलको माला लिएर लाइन लागेका थिए ।

‘राजा ल्याऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाएर पूर्वराजालाई स्वागत गरेका हुन् । झापाबाट प्रदेश २ राजधानी जनकपुर आउँदा उनलाई भव्य स्वागत मिलेको हो । उनी होटेल सिताशरणमा बसेका छन् । यहाँबाटै बिभिन्न जिल्लाको भ्रमण गर्नेछन् ।

उनको स्वागतमा उनका समर्थक, शिव सेनाका प्रतिनिधि, साधु–सन्त, हिन्दू धर्मका अनुयायीहरु सहभागि थिए । पूर्वराजा बिहीबार सर्लाही र शुक्रबार उदयपुर जाने कार्यक्रम छ ।

उनले शुक्रबार नै दिउँसो ४ बजे जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ । शनिबार उनी सप्तरीको छिन्नमस्ता शक्तिपीठमा गएर पूजापाठ गर्नेछन् ।

Comment here