पूर्वराजा शाहको स्वास्थ्य अवस्था सामान्य

पूर्वराजा शाहको स्वास्थ्य अवस्था सामान्य


काठमाडौँ, ४ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था सामान्य भएको नर्भिक अस्पतालले जनाएको छ । 

पूर्वराजा शाहको मुटुसम्म पुग्ने नशामा अवरोध देखिएपछि एनजीओप्लाष्टी गरिएको उपचारमा संग्लन अस्पतालका मुटुरोग विभाग प्रमुख डा यादवदेव भट्टले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

पूर्वराजा शाह आज बिहान मुटुको उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । 

डा यादवले उहाँको स्वास्थ्य अहिले सामान्य रहेको भन्दै दुई/तीन दिनभित्र स्वास्थ्य अवस्था हेरेर डिस्चार्ज गर्ने जानकारी दिनुभयो । पूर्वराजा शाहको उपचारमा मुटुरोग प्रमुख भट्ट नेतृत्वको टोलीमा डा शिवजीविक्रम सिलवाल, डा शेखर राजभण्डारी, डा नग्मा श्रेष्ठ, डा सन्तोषमान श्रेष्ठ तथा डा किशोरजङ्ग राणा संलग्न हुनुहुन्छ । रासस 

Logo