राजपाको आरोप

राजपाको आरोप


केन्द्रबिन्दु संवाददाता । ३ साउन, काठमाडौं ।

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारले निर्वाचनमा जाने वातावरण बनाउन इमान्दार प्रयास नगरेको आरोप लगाएको छ ।

पार्टीका नेता रामनरेश रायले सरकार इमान्दार र जिम्मेवारी भए संसदमा विचाराधिन संविधान संशोधन प्रस्ताव दुई तिहाईले पारित गर्न कुनै समस्या नरहेको दावी गर्नु भयो । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले आफूहरु निर्वाचनमा जान तयार रहेपनि सरकार आफैं बाधक बनेको स्पष्ट पार्नु भयो ।

नेता रायले प्रदेश नम्बर २ को चुनावमा हार हुने देखेपछि सत्तापक्ष र प्रमुख प्रतिपक्ष दुवै पक्ष मिलेर आफूहरुलाई निर्वाचनमा जान नदिन षडयन्त्र गरिरहेको आरोप पनि लगाउनु भयो ।
राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन प्रस्ताव पारित नभई निर्वाचनमा भाग नलिने अडान लिँदै आएको छ । नेता रायले संविधान संशोधन प्रस्ताव पारित हुने अवस्था रहेको तर सरकार त्यसका लागि इच्छुक नरहेको आरोप पनि लगाउनु भयो ।

Logo