भेनेजुएलामाथि कडा नाकाबन्दी लगाउने ट्रम्पको चेतावनी

भेनेजुएलामाथि कडा नाकाबन्दी लगाउने ट्रम्पको चेतावनी


३ साउन काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले भेनेजुएलामाथि कडा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएका छन् । रोइटर्स समाचार संस्थाका अनुसार भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले संविधानसभा गठन गरेमा अमेरिकाको नाकाबन्दी सामना गर्नुपर्ने चेतावनी दिएका हुन् ।

संविधानसभा गठन भएमा यसले राष्ट्रपतिलाई संविधान पुर्नलेखन गर्ने अधिकार दिने र विपक्षीको वर्चश्व रहेको संसद पनि भंग हुने विपक्षीको बुझाई रहेको छ । ‘हिजो भेनेजुएलाका जनताले आफूहरू लोकतन्त्र, स्वतन्त्रता तथा कानुनी शासनको पक्षमा रहेको कुरा प्रष्ट पारेका छन् तर तानाशाह हुने सपना बोकेका एक खराव नेताले उनीहरूको साहसी कार्यलाई बेवास्ता गर्दै आएका छन्’ ह्वाइटहाउसले अाइतबार जारी एक विज्ञप्तिमा भनिएको छ । ।

विपक्षीले आइतबार एक अनौपचारिक जनमत गरेर संविधानसभा गठन गर्ने राष्ट्रपतिको निर्णयलाई अविस्कार गरेका थिए । तर मदुरोले भने विपक्षी नेतालाई अमेरिकाको दलाली गरी राष्ट्रिय अर्थतन्त्रलाई ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् । वाशिङटनको निर्देशनमा सञ्चालित दक्षिणपन्थी षडयन्त्रबाट आफूलाई सत्ताच्युत गर्न खोजिएको भन्दै उनले कडा आपत्ति जनाएका छन् ।

प्रस्तावित संविधानसभाले भेनेजुएलाको आर्थिक तथा सामाजिक संकट झन बढ्ने अमेरिकाको दावी रहेको छ । गत महिला ट्रम्प प्रशासनले भेनेजुएलाको मुख्य आर्थिक स्रोतको रुपमा रहेको सरकारी तेल कम्पनीमाथि नाकाबन्दी गर्नेबारे सोचिरहेको ह्वाइटहाउसका अधिकारीले खुलासा गरेका थिए ।

Logo