इन्धनमा कमिसन बढाउन फेरि अर्को कमिटी

इन्धनमा कमिसन बढाउन फेरि अर्को कमिटी


काठमाडौं : इन्धनमा ढुवानीमा हुने क्षतिबारे प्रतिवेदन तयार भए पनि कमिसनको मात्रा बढाउन चलखेल सुरु भएको छ । हालसम्म तयार भएको अध्ययन विश्लेषण र प्रतिवेदले सिफारिस गरिसके पनि अर्को प्रतिवेदनले सिफारिस गरिसके पनि अर्को प्रतिवेदन बनाउने गृहकार्य सुरु भएको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

कमिसन बढाउन प्रतिवेदन तयार भए पनि व्यवसायीको पक्षमा प्रतिवेदन बनाउन आयल निगम सञ्चालक समितिले पुनः अर्को ‘डिलर कमिसन नोक्सान कमिटी’  गठन गरेको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले विज्ञको अर्को कमिटि गठन गरेको हो । विज्ञ भनिएको कमिटीमा पुलचोक कलेजका प्रतिनिधि, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्रतिनिधि, निगम र डिलर एसोसियसनका दुई प्रतिनिधि रहेका छन्। निगमका प्रवक्ता सीताराम पोखरेलका अनुसार सो कमिटीले १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ ।

सोही आधारमा निगम सञ्चालक समितिले निर्णय गर्ने उनले बताए । प्राविधिक नोक्सानीबारे गुणस्तर तथा नापतौल विभागका महानिर्देक विश्वबाबु पुडासैनीको संयोजकत्वमा आयल निगमका निर्देशक करुणा क्षेत्री, प्रबन्धक विजयराज सत्याल, आपूर्ति मन्त्रालयका शाखा अधिकृत उर्मिला केसी, विभागकै वरिष्ठ निरीक्षक सन्तोष शर्माले संयुक्त रूपमा अध्ययन गरी पैतिवेदन तयार पारिसकेको छ ।

प्रतिवेदनमा थानकोट डिपोबाट पम्पसम्म पेट्रोल ढुवानी गर्दा ४ हजार लिटर पेट्रोलमा ५० लिटर र डिजलमा ३६ लिटर क्षति हुने उल्लेख थियो । यो मात्रामा व्यवसायीले असन्तुष्टि जनाएपछि बढाउनका लागि अर्को प्रतिवेदन बनाउने चलखेल सुरु भएको हो ।

Logo