Don't Missराजनीतिराष्ट्रियविशेषसमाचार

के साच्चै विप्लवले प्रचण्डलाई मार्न मान्छे खटाएको हो ? (भिडियोमा)

काठमाडौं । यतिबेला चौतर्फी चर्चामा छन्, नेत्र विक्रम चन्द ‘विप्लव’ । सरकारले प्रतिबन्ध लगाएसँगै उनले आफ्नो आपराधिक गतिविधिलाई तिब्रता दिएको छ ।

विप्लवले आफ्नै पूर्व सहकर्मीहरु तथा सत्तारुढ दल नेकपा शीर्ष नेताहरुको हत्या गर्ने योजना बनाएको खुल्नमा आएको छ । त्यसको खुलाशा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै गरेका छन् ।

विप्लव पार्टीले अध्यक्ष प्रचण्डलाई नै मार्न आफ्ना कार्यकर्ता खटाएको खुलाशा भएको हो । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले पहिलो चरणमा आफैंलाई मार्न मान्छे खटाएको बताए ।

विप्लवलाई ‘बिद्रोहको कलाविहीन नाटक’ नदेखाउन सचेत गराउँदैं उनीहरुका गतिविधि देखेर दया जागेर आउने गरेको बताए । विप्लव आफ्नो नक्कल गर्ने भ्रम पारेर अघि बढे परिणाम दूभाग्यपूर्ण भन्दै चन्द नेतृत्वको नेकपालाई नयाँ बाटो खोजेर अघि बढ्न सुझाव दिए ।

Comment here