१ करोड क्लवमा कुटुमा कुटु (भिडियो सहित)

१ करोड क्लवमा कुटुमा कुटु (भिडियो सहित)


केन्द्रबिन्दु संवाददाता । २ साउन, काठमाडौं ।

कुटुमा कुटु बोलको गीतले लोकप्रियताको शिखर चुमेपछि फिल्म २ रुपैयाँ टीमले यसरी ख्ुसीयाली मनायो ।

जी टु वान प्रोडक्सन र ब्ल्याक हर्स प्रोडक्सन को संयुक्त लगानीमा बनेको चलचित्र २ रुपैयाँको गीत “कुटुमा कुटु” लाई युट्यूवमा १ करोड पटक हेरिएपछि यसरी खुशीयाली मनाइएको हो । सोमबार गैरीधारा स्थित स्टेशन ५ मा खुसीयाली मनाउन एक हुल फिल्मकर्मी र सञ्चारकर्मी उपस्थित थिए ।

राजन राज शिवाकोटी को शब्द–संगीत रहेको यस गीतमा राजनराज शिवाकोटी, मेलिना राई र राजन इशान को स्वर रहेको छ । गीतको कोरियोग्राफी कबिराज गहतराजले गरेका छन् । राजन को यो तेस्रो गीत हो जुन करोड क्लबमा पुगेको छ । ।

अशिम शाह ले निर्देशन गरेको यो चलचित्रमा निश्चल बस्नेत , असिफ शाह, मेनुका प्रधान, बुधी तामाङ्ग, प्रमोद अग्रहरी को मूख्य भूमिका रहेको छ ।

Logo