एएफसी यु २३ छनोटमा नेपाल र उज्वेकिस्तान आज भिड्दै

एएफसी यु २३ छनोटमा नेपाल र उज्वेकिस्तान आज भिड्दै


यु–२३ एएफसी च्याम्पियनसिपको छनोट खेलमा नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा नेपाली समयअनुसार बेलुका ८ बजेर १० मिनेटपछि सुरु हुनेछ ।

नेपालका प्रशिक्षक राजुकाजी शाक्य यस खेलमा कुनै हालतमा जित निकाल्ने बताउँछन् । युएईको ४० डिग्रीाको मौसममा खेल्न नेपाली युवा खेलाडीहरुलाई सहज भने पक्कै छैन् । यसअघि पहिलो खेलमा आयोजक युएईले नेपाललाई ५–० ले हराएको थियो । त्यस खेलमा दोस्रो हाफमा नेपाली खेलाडीहरु थकित थिए ।

नेपालको प्रतिद्वन्द्वी उज्वेकिस्तानले भने पहिलो खेल जितेको छ । उसले लेबनानलाई ३–२ ले हराएको थियो । जारी प्रतियोगितामा एक खेल खेलेको नेपाल अङ्कविहीन छ भने युएई र उज्वेकिस्तानले जित हासिल गर्दै तीन अङ्क जोडेका छन् ।

शनिबार नै भएको खेलमा उज्वेकिस्तानले लेबनानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । अर्को वर्ष चीनमा हुने २३ वर्षमुनिको एएफसी फुटबल च्याम्पियनसिपको छनोटमा सहभागी ४० टोलीलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूह चरणका शीर्ष टोली र उत्कृष्ट पाँच उपविजेता टोली फाइनलका लागि छनोट हुनेछन् ।

नेपाली टिमका प्रशिक्षक राजुकाजी शाक्य उज्वेकिस्तानसँगको खेलमा युएईसँगको खेल बिर्सिएर राम्रो प्रदर्शन गर्न आवश्यक रहेको बताउँछन् । प्लेइङ ११ मा केही परिवर्तन गर्ने सोचमा उनी छन् । पहिलो खेलमा ५(० गोल अन्तरले पराजित भएपछि प्रशिक्षक शाक्यले पहिलो खेल भएकाले खेलाडीले नराम्रो गरे भनेर भन्ने ठाउँ नरहेको बताएका थिए ।
युएई राम्रो टिम भएको आफूहरुको सामान्य गल्तीले हार व्यहोर्नु परेको उनले बनाएका थिए ।

Logo