बाबा रामदेवले पनि सुरक्षा गार्ड सप्लाई गर्ने

बाबा रामदेवले पनि सुरक्षा गार्ड सप्लाई गर्ने


योगमार्फत आयुर्वेद औषधिको क्षेत्रमा आफ्नो साम्राज्य फैलाउँदै आएका बाबा रामदेवले अब सेक्युरिटी क्षेत्रमा पनि हात हाल्ने घोषणा गरेका छन् । बाबा रामदेवले सेक्युरिटी व्यापारमा ४० हजार करोड (४ खर्ब) भारतीय रुपैयाँ लगानी गर्ने जनाएका छन् ।

भारतीय वाणिज्य एवं उद्योग महासंघको रिर्पोटअनुसार, सन् २०२० सम्म भारतमा सेक्युरिटी सर्भिस क्षेत्रको कारोबार ८० हजार करोड भारु बराबरको हुनेछ । बाबा रामदेवले ‘पराक्रम सुरक्षा प्राइभेट लिमिटेड’ नामक सेक्युरिटी सर्भिस कम्पनी स्थापना गरेर भारतमा रहेका जी–फोर एस, एसआइएस, डिएसएस र प्रिमियर शील्डजस्ता सेक्युरिटी कम्पनीसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

जी–फोर एस र एसआइएस कम्पनी भारतमा बढी प्रचलनमा रहेका सेक्युरिटी कम्पनीका रूपमा रहेका छन् । जी–फोर एस बहुराष्ट्रिय सेक्युरिटी कम्पनी हो भने सन् १९७४ देखि संचालनमा आएको एसआइएस पनि भारतमा बलियो सेक्युरिटी कम्पनीका रूपमा स्थापित छ ।

नया“ कारोबारमा हात हालेका बाबा रामदेवले आफ्नो नया“ सेक्युरिटी कम्पनीका लागि भनेर चार सय व्यक्ति भर्ना गरिसकेका छन्, जसमा महिलाहरू पनि रहेका छन् । पतंजलीका प्रवक्ता एसके तिजरावालाका अनुसार, यो सेक्युरिटी कम्पनीमा सेना र प्रहरीबाट अवकाश पाएका व्यक्तिहरूले प्रशिक्षण दिनेछन् जसमा युवाहरूको बढी उपस्थिति हुनेछ ।
भारतमा कांग्रेस आईको सरकार रहेका बेला बाबा रामदेवले समाजविरोधी तत्वसँग लड्न शास्त्र (वेद) का साथै शस्त्र (हतियार) को समेत प्रशिक्षण दिने बताएका थिए । अहिले केही समयपहिले मात्र एक राष्ट्रिय रिपोर्टले भारतमा केही वर्षमै निजी र सरकारी सुरक्षा सेवाको क्षेत्रमा ५० लाख व्यक्तिलाई अवसर पैदा हुने सम्भावना बताएपछि बाबा रामदेवले यो क्षेत्रमा हात हालेको बताइन्छ ।

एक तथ्यांकअनुसार, प्रति १ लाख भारतीयलाई १ सय ३१ जना मात्र सुरक्षाकर्मी रहेका छन् भने भारतमा निक भविष्यमै करिब एक सयवटा स्मार्ट सिटी निर्माण हुन गइरहेका छन् । यसले गर्दा पनि भारतमा सुरक्षाकर्मी गार्डहरूको आवश्यकता दिनानुदिन बढिरहेको छ । (एजेन्सी)

 

Logo