यसरी गर्नुस् वर्षातमा मोबाइलको सुरक्षा

यसरी गर्नुस् वर्षातमा मोबाइलको सुरक्षा


वर्षा भइरहने महिनाहरूमा धेरै प्रयोगकर्ताको मोबाइल कुनै न कुनै रूपमा पानीले गर्दा समस्यामा पर्ने गरेको हुन्छ । मोबाइल वर्षातको पानीमा भिज्नु एउटा समस्या हुन्छ भने पानीमै डुब्नु अर्को किसिमको समस्या हुन्छ ।

आफूले प्रयोग गरिरहेको मोबाइल फोन पानीमा डुब्यो भने धेरैजना हडबडाउने गर्छन् । यस्तो बेलामा हडबडाउनुको सट्टा होसियारीपूर्वक काम गरेमा मोबाइलमा रहेको डाटादेखि मोबाइललाई सुरक्षित बनाउन सकिन्छ ।

१. कुनै पनि किसिमको मोबाइल फोन पानीमा खस्यो भने तुरुन्त झिकेर त्यसको स्विच अफ गर्नुपर्छ । यसो गर्दा त्यसमा रहेका सर्किटहरूको सम्बन्ध विच्छेद हुन्छ र मोबाइलमा थप समस्याहरू आउँदैनन् ।

२. स्विच अफ गरेपछि मोबाइलमा रहेको ब्याट्री, मेमोरी कार्ड र सिम कार्डलाई जतिसक्दो चाँडो निकाल्नु पर्छ । कुनै कुनै मोबाइलको ब्याट्री झिक्न मिल्दैन । यस्तो अवस्थामा स्विच अफ गर्नु मात्र पहिलो र अन्तिम विकल्प हुन्छ ।

३. भिजेको मोबाइललाई पानी सोस्न मिल्ने कपडाले पुछ्नु पर्छ ।

४. मोबाइलको भित्रसम्म पसेको पानीलाई निकाल्न भ्याकुम ब्लोर छ भने त्यसको प्रयोग गर्नु पर्छ । यदि छैन भने बलियोसँग मोबाइल समाएर झट्कार्दा भित्र रहेको पानीको मात्रालाई बाहिर निकाल्न मद्दत मिल्छ ।

५. मोबाइल पूर्ण रूपमा सुकेको आभाष भएपछि त्यसलाई अन गरेर हेर्नुपर्छ । अन भएन भने एकपटक चार्जरमा जोडेर हेर्नुपर्छ । यो कार्य गर्दा पनि फोनले काम गरेन भने तपार्इंले आफ्नो मोबाइलमा समस्या आएको ठाने हुन्छ । यस्तो अवस्थामा मोबाइल मेकानिकलाई सम्पर्क राखेर चेक जा“च गर्नु नै राम्रो हुन्छ । (एजेन्सी)

 

Logo