आज र भोलि राजधानीका यी ठाउँहरुमा विद्युत् कटौती हुने  

आज र भोलि राजधानीका यी ठाउँहरुमा विद्युत् कटौती हुने  


३१ असार, काठमाडौँ । सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले नयाँ चाबहिल क्षेत्रमा आज र भोलि राजधानीका विभिन्न क्षेत्रमा विद्युतभार कटौती हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रकाअनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडान कार्य गर्नुपर्ने भएकाले विद्युतभार कटौती गर्न लागिएको हो । केन्द्रका अनुसार नयाँ चाबहिल सव स्टेशनबाट वितरण गरिएको सुन्दरीजल फिडरअन्तर्गत पर्ने गोपीकृष्ण हल, सरस्वती नगरलगायतका क्षेत्रमा दैनिक दुईदेखि तीन घण्टा विद्युत् कटौती हुनेछ ।

यस्तै काठमाडौँको बानेश्वर सव स्टेशनको क्षमता वृद्धि गर्ने कार्य जारी रहेका कारण बागमती, धोवीखोला क्षेत्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, शङखमूल क्षेत्र, बानेश्वर कोटेश्वर र इमाडोल क्षेत्रमा समेत फरक–फरक समयमा दैनिक चार घण्टा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । रासस

Logo