३० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिष्ठ नेता पशुपति समशेर राणाले अध्यक्ष कमल थापाले मनोगतरुपमा ४२ जना केन्द्रीय सदस्यहरु मनोनयन गरेको भन्दै आपत्ति जनाएका छन् । "/>

कमल थापालाई पशुपति समशेर राणाकोको चेतावनी

कमल थापालाई पशुपति समशेर राणाकोको चेतावनी


३० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिष्ठ नेता पशुपति समशेर राणाले अध्यक्ष कमल थापाले मनोगतरुपमा ४२ जना केन्द्रीय सदस्यहरु मनोनयन गरेको भन्दै आपत्ति जनाएका छन् । अध्यक्ष थापाले एकलौटी ढंगले कसैलाई थाहा नदिई केन्द्रिय सदस्य मनोनयन गरेको भन्दै नेता राणाले तत्काल नाम फिर्ता लिन आग्रह गरेका हुन् ।

राणाले आज एक बिज्ञप्ति जारी गर्दै अध्यक्ष थापाले पार्टीलाई आफ्नै बिर्ता जस्तो बनाउन खोजेको आरोप लगाएका छन् । ‘केन्द्रीय तहका नेतालाई सुइँकोसम्म नदिई केन्द्रीय कार्य सम्पादन समितिको अस्तित्व र उपस्थितिलाई पूर्णरुपमा नकारेको मात्र नभई राप्रपालाई अध्यक्षको एकल बिर्तामा रुपान्तरण गरिएको सन्देश प्रवाहित गराइएको छ ।’राणाले बिज्ञप्तिमा भनेका छन् ।

राप्रपाको केन्द्रीय समितिको बैठक साउन ४ गते बोलाइएको छ ।

 

पढ्नुहोस बिज्ञप्ति 

Skip This
Logo