अमेरिकामा जारी रुसी विवादबीच राष्ट्रपति ट्रम्प फ्रान्सतिर

अमेरिकामा जारी रुसी विवादबीच राष्ट्रपति ट्रम्प फ्रान्सतिर


पेरिस, २९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार फ्रान्स प्रस्थान गर्नुभएको समाचार छ । उहाँको यो भ्रमणपूर्व अमेरिकामा उहाँको निर्वाचनताकाको विवाद सुरु भएको थियो । 

अधिकारीहरुले भने उहाँले सो विवादको निरुपणको बारेमा केही नसोची बिहीबार नै आफ्नो पहिलो र औपचारिक भ्रमणका लागि फ्रान्सतर्फ लाग्नुभएको बताएका छन् । 

फ्रान्सको एक विशेष दिवसमा उहाँलाई मानार्थ प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । सो पर्वका लागि उहाँ फ्रान्स जानुभएको बताइएको छ । 

फ्रान्सका नवनियुक्त राष्ट्रपति इमानुअल म्याक्रोनको आमन्त्रणमा उहाँ त्यसतर्फ लाग्नुभएको बताइएको छ । उहाँले सो भ्रमणका क्रममा फ्रान्सको विशेष आतिथ्यता ग्रहण गर्नुहुने भएको बताइएको छ । 

फ्रान्सेली राष्ट्रपति ३९ बर्षीय म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई विशेष स्वागत गरेको करिब छ हप्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्नो देशमा विशेष स्वागत गर्दै हुुनुहुन्छ । 

फ्रान्समा केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना भएको थियो । फ्रान्सको पेरिसमा गतवर्ष सम्पन्न पेरिस सम्झौतामा अमेरिकाको विरोध रह्यो । सोही कारण उहाँको विरोध भएको थियो । 

त्यसैगरी गत हप्तामात्र पनि जि२० को सम्मेलनमा विश्वका जि२० आबद्ध शक्ति राष्ट्रहरुले पेरिस सम्झौता कार्यान्वयनमा सहमति जनाए पनि राष्ट्रपति ट्रम्पले भने त्यसमा सहमति जनाउनुभएको छैन । 

यसरी पछिल्लो समयमा अमेरिका र फ्रान्सबीच यी र यस्तै कतिपय अनुत्तरित विवादहरु रहेका छन् । यस्तो अवस्थामा राष्ट्रपति ट्रम्पले फ्रान्सको विशेष अतिथिका रुपमा फ्रान्सको भ्रमण गर्न लाग्नुभएको छ । 

उता अमेरिकामा रुससँगको विवादलाई टुंगोमा नपुराई उहाँले यो भ्रमण गर्न लाग्नुभएको भनी टिका टिप्पणी गरिएको छ । 

राष्ट्रपति ट्रम्पका जेठा छोराले रुससँग सन् २०१६ को निर्वाचनका समयमा गरेका इमेल वार्तालापका श्रृंखलाहरु सार्वजनिक गरेका छन् र उनले ती इमेलमा आफ्ना पितालाई राष्ट्रपतिमा विजयी गराउनका लागि पत्राचार गरेको स्वीकार पनि गरेका छन् । 

ती मेलमा एकजना रुसी वकिलले राष्ट्रपतीय निर्वाचनमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेखेका र राष्ट्रपति ट्रम्पका छोरा ट्रम्प जुनियरले स्वागत गरेका छन् । 

ती मेलहरु उनले मङ्गलबार सार्वजनिक गरेपछि अमेरिकामा एउटा नयाँ विवादको सुरुवात भएको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफ्नो छोराको उक्त कार्यको बचाउ गर्नुभएको छ । 

उहाँले ती मेलहरु सार्वजनिक गरेर आफ्नो छोराले पारदर्शी काम गरेको बताउनुभएको छ । गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले सहयोग गरेको कुरालाई राष्ट्रपति ट्रम्पका छोराले स्वागत गरेको सो मेलमा लेखएिको छ । 

राष्ट्रपतिले आफ्ना छोरालाई राम्रो व्यक्ति भनेर प्रशंसा गर्नुभएको समाचारपछि अमेरिकामा यो इमेल काण्डलाई के कसरी लिइन्छ भन्ने बहसकाबीच उहाँको यो बचाउ आएको थियो । 

तर यही विवादकाबीच उहाँको फ्रान्सको भ्रमण सुरु भएकोले अमेरिकामा यस भ्रमणको पनि चर्चा सुुरु भएको अर्काे एक समाचारमा जनाइएको छ । 

उक्त विवादलाई टुंगोमा नपु¥याइ सो भ्रमण सुरु भएको भनी उहाँको आलोचना गरिएको अमेरिकाबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रासस/एएफपी 

Logo