रानीबारी हत्याकाण्डका दोषीलाई सर्वस्वसहित जन्मकैद

रानीबारी हत्याकाण्डका दोषीलाई सर्वस्वसहित जन्मकैद


काठमाडौँ, २८ असार । जिल्ला अदालत काठमाडौँले रानीबारी हत्याकाण्डका अभियुक्तहरु मनराज गुरुङ र प्रमेश चौहानलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । 

न्यायाधीश रमेशप्रसाद रिजालको इजलासले आज सो हत्याकाण्डका अभियुक्त गुरुङ र चौहानलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार धु्रवकुमार उप्रेतीले जानकारी दिनुभयो । 

२०५९ साल असार ३१ गते काठमाडौँको रानीबारीस्थित कोठामा बस्ने इन्जिनियर दम्पती हेमबहादुर श्रेष्ठ र अञ्जना श्रेष्ठको धारिलो खुकुरी प्रहार गरी हत्या भएको थियो । 

श्रेष्ठ दम्पतीको हत्या गरेको आरोपमा रामेछाप जिल्ला स्थायी घर भई जोरपाटी बस्ने चौहान र दोलखा खारे स्थायी घर भई सामाखुसी बस्ने गुरूङलाई दुई वर्षअघि पक्राउ गरिएको थियो । अभियुक्त गुरुङ र चौहान अहिले जेलमा छन् । रासस 

Skip This
Logo