पत्रकारका हत्यारालाई दिइएको मृत्युदण्ड सजायको स्वागत

पत्रकारका हत्यारालाई दिइएको मृत्युदण्ड सजायको स्वागत


कोलम्बो, २६ असार । श्रीलङ्काका एकजना पत्रकारका हत्यारालाई दिइएको मृत्युदण्डको सजायको यहाँका पत्रकारहरुले स्वागत गरेका छन् । 

श्रीलङ्काको उच्च अदालतले सन् २०१४ मा पत्रकार मेलिसि गुणसेखराको हत्यामा संलग्न एक व्यक्तिलाई हालै मृत्युदण्ड दिने फैसला सुनाएको थियो । 

यस फैसलाको श्रीलङ्काका पत्रकारहरुले स्वागत गरेका सोमबार कोलम्बोबाट प्राप्त समाचारमा जनाइएको छ । श्रीलङ्कामा बिगतका कैयौँ वर्षदेखि पत्रकारको हत्या हुने गरेको छ । तर उनीहरुको हत्यारा भने पत्ता लाग्ने गरेको छैन । 

हत्यारा पत्ता लागेपनि उनीहरुमाथि कारबाही नहुदा पत्रकारमाथि हुने हत्या हिंसामा झन बृद्धि हुने गरेको पत्रकारहरुको भनाई थियो । 

यस्तो अवस्था रहेकोमा यो पछिल्लो कारबाहीले देशमा दण्डहीनताको अवस्थामा केही कमी आउने अपेक्षा गरिएको पत्रकारले जनाएका छन् । 

सन् २०१४ को फेब्रुअरी २ मा कोलम्बोमा रहेको आफ्नै घरमा स्थानीय ‘सण्डे टाइम्स’ नामक पत्रिकामा सम्पादकको रुपमा कार्यरत ४० वर्षीय मेलिसि मेलको हत्यामा संलग्नलाई यहाँको उच्च अदालतले गतहप्तामात्र मृत्युदण्डको सजाय सुनाएको थियो । 

उनका हत्यारा भनिएका एन्टोनी रामसन जर्ज विरुद्ध तीन वर्षदेखि चलेको मुद्धामा उच्च अदालतका न्यायाधीश पियासेना राणसिङघाले मृत्युदण्डको फैसला सुनाएका हुन् । रासस/सिन्ह्वा 

Logo