१३ वर्षपछि एभर्टन फर्किएर रुनीले भने, ‘उपाधि जित्न चाहन्छु’

१३ वर्षपछि एभर्टन फर्किएर रुनीले भने, ‘उपाधि जित्न चाहन्छु’


एजेन्सी, २६ असार २०७४ ।
म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान वायनी रुनीले ट्रफी जित्नकै लागि एर्भटन आएको बताएका छन् । युनाइटेडमा छदाँ थुप्रै उपाधि जितेका रुनी एर्भटनमा पनि उस्तै सफलता दोहोर्‍‍याउन चाहन्छन् ।
आइतबारमात्रै रुनी एर्भटनमा आबद्ध भएका थिए । १३ सिजन युनाइटेडमा बिताएपछि उनी एर्भटन फर्किएका हुन् । यसअघि सन् २००४ मा युनाइटेड गएका रुनीले १३ वर्षमा ५ वटा प्रिमियर लिग, एकपटक च्याम्पियन्स लिग र एकपटक युरोपा लिगको उपाधि जिते ।
उनी अब आफ्नो युवाअवस्थाको क्लबबाट उपाधि जित्न चाहन्छन् । ‘एर्भटनबाट उपाधि जित्नु प्रमुख कुरा हो । मलाई थाहा छ क्लब कसरी सही बाटोमा जाँदैछ । खेलाडीहरु क्षमतावान् छन्,’ उनले भनेका छन्, ‘म निकै उत्साहित छु ।’
एर्भटनले रुनीपछि माइकल केन, डेभी क्लास्सेन र सान्द्रो रेमिरिजलाई क्लबमा भित्र्याउन खोजेको छ ।

Skip This
Logo