जापानीहरू कम यौन सम्बन्ध राख्छन् !

जापानीहरू कम यौन सम्बन्ध राख्छन् !


केन्द्रबिन्दु डेस्क । २५ असार, काठमाडौं ।

जापानका युवायुवतीहरुमा यौनसम्पर्क प्रति रुची कम हुदै गएको छ । पछिल्लो पटक युवायुवतीहरुको यौन आचरणमा गरिएको सर्वेक्षणले यस्तो तथ्य उजागर गरेको हो ।

जापानका १८ देखि ३४ बर्षका युवायुवतीमा गरिएको सर्वेक्षणमा ४३ प्रतिशतले अहिलेसम्म यौनसम्बन्ध नराखेको बताए । यसैगरी ५२ प्रतिशतले आफुहरु अझैं पनि कुमार र कुमारी नै रहेको बताए भने ६४ प्रतिशतले आफुहरु कुनै पनि किसिमको सम्बन्धमै नरहेको समेत स्विकारे । 
 
कुनै समय प्रेमी प्रेमीकाहरुलाई अझ बढी आनन्द आओस् भनेर लभ होटेलको अवधारणा विश्वमा ल्याउने जापानमा यो तथ्यांकले समाजशास्त्रिहरुलाई समेत सोच्न बाध्य बनाएको छ । 
जापानी युवाहरु प्रेमीका बनाउनु भन्दा पनि ग्याजेटवाटै यौन आनन्द लिने, प्रेमको प्रस्ताव राख्न हच्किने, प्रेममा समस्या हुन्छ भने तर्किने चलन बढेको छ । यसैगरी युवतीहरु पनि प्रेममा परेर यौनकार्य गरेर गर्भवती भएर लामो समय करिअरलाई दाउमा राख्न नचाहने, निदाउनलाई औषधि र मदिराको सहयोग बढी लिने चलन बढेको कारणले पनि यो समस्या देखिएको बताइएको छ । 
 

Logo