‘धनपति’ले धन कमाउला कि दर्शकको मन ?

‘धनपति’ले धन कमाउला कि दर्शकको मन ?


केन्द्रबिन्दु स‌ंवाददाता २३ असार २०७४ । 

खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको धनपति आजबाट चलचित्र भवनहरुमा लागेको छ। यस फिल्मको कथा खगेन्द्र आफैंले लेखेका हुन्। निर्देशन दीपेन्द्र के खनालले गरेका छन्।

चलचित्रमा खगेन्द्र लामिछानेका अलावा सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय देख्न सकिनेछ।

यसअघि नै टलक जंग भर्सेज टुल्के र पशुपतिप्रसादमा मुख्य भूमिका निभाएका खगेन्द्रको अभिनय तथा उनको लेखन शैलीका कारण पनि यो फिल्म प्रदर्शनमा आउनु अगावै चर्चामा थियो। 

चलचित्रको बिहीबार कुमारी हलमा प्रिमियर शो गरियो। जहाँ फिल्मका कलाकारसहित निर्माता-निर्देशक, समिक्षक तथा पत्रकारहरुको उपस्थिती थियो।
प्रिमियर शोमा विभिन्न क्षेत्रका व्यक्तित्वका साथ चलचित्रको युनिट सहित पत्रकारको उल्लेखीय उपस्थिति रहेको थियो ।

 

Logo