कर्साङ लामा

राष्ट्रिय राजनीतिमा जस्तै मधेस केन्द्रीत राजनीतिमा पनि सर्वमान्य अनुहार देखिदैन । "/>

उपेन्द्र कि गच्छदार ? (को कति पानीमा ?)

उपेन्द्र कि गच्छदार ? (को कति पानीमा ?)


 

कर्साङ लामा

राष्ट्रिय राजनीतिमा जस्तै मधेस केन्द्रीत राजनीतिमा पनि सर्वमान्य अनुहार देखिदैन । अझ दोस्रो संविधान सभा र स्थानीय चुनावले मधेसी नेताको राजनीति हैसियत नराम्रोसँग खुम्च्याई दिएको छ । स्थानीय निर्वाचनका सम्बन्धमा उनीहरु भित्र अन्योल छ ।

उपेन्द्र यादव, विजयकुमार गच्छदार, महन्त ठाकुर र राजेन्द्र महतो वर्तमानमा मधेस केन्द्रीत राजनीतिगर्ने प्रमुख नेता हुन् । जेपी गुप्ता र किशारकुमार विश्वास जस्ता प्रतिभावान नेताहरु अहिले राजनीतिक ‘एरिना’मा छैनन् । विश्वास र गुप्ता जस्ता नेताहरु अरुपनि हुनसक्छन् । चलाख भएर पनि राजेन्द्र महतो अगाडि बढ्न सकेका छैनन् भने इमान्दार भएर पनि महन्त ठाकुर झर्दैछन् । यी सवै हिसावमा अहिलेलाई उपेन्द्र यादव र विजयकुमार गच्छदारवीच नै नेतृत्वमा प्रतिस्पर्धा देखिन्छ ।

उपेन्द्र यादवले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरेका छन् । उनी अन्यखाले पनि एकता गरेर पार्टीलाई ठूलो वनाउने अभियानमा देखिन्छन् । बाबुराम भट्टराईको नयाँशक्तिलाई पनि उनी आफूभित्र मिसाउने सोचमा देखिन्छन् ।

उपेन्द्रका गुण धेरै छन् । जस्तो – तत्काल निर्णय गरेर चल्ने क्षमता भएका, सक्रिय हुन सक्ने, कुशल वक्ता, संगठनगर्ने क्षमता भएको, स्वच्छ छवी कायम राखेको र मधेसका एजेन्डा आफ्नो पोल्टामा राख्न सफल ।

उपेन्द्रका नकारात्मक पक्ष पनि छन् । जस्तो – मधेसमा स्थापित ट्रेण्ड अनुसारको राजनीति गर्न नजान्ने, दीर्घकालीन योजना बनाउन नसक्ने/नजान्ने, सक्षम ब्यक्ति छानेर टिम बनाउन नसक्ने, जो कोहीलाई छिटो विश्वास गर्ने, यादवजातीलाई मात्र प्राथमिकता दिने आरोप खेप्दै आएका छन् ।

त्यसैगरी सत्ता केन्द्रीत राजनीति गर्ने विजयकुमार गच्छदार दीर्घकालीन योजना बनाउन सक्ने, आफ्नो हैसियत चाँडै स्थापित गर्न सक्ने, आफ्नो टीम बनाउन सक्ने, मधेस केन्द्रीत राजनीति (साम, दाम, दण्ड, भेद) गर्न सक्ने, अख्तियार, न्यायपालिका र नेपालको कानुनभन्दा बाठो हुनसक्नु उनका सकारात्मक पक्ष हुन् ।

त्यसैगरी मधेस र विकासप्रेमी होइन भन्ने स्थापित, अवसरवाद र भ्रष्ट छवी, राष्ट्रिय चिन्तनगर्न नसक्ने, हरेक पटक मन्त्री हुँदा संरचना भत्काउने तर बनाउन नसक्ने, मधेसको एजेन्डा नभएको आदि गच्छदारका नकारात्मक पक्ष हुन् ।

मधेसका एजेन्डा आफैंसँग राख्न सक्नु र त्यसको स्वामित्व राखिरहन सक्नुले उपेन्द्रलाई ‘लामो रेशको घोडा’ बनाएको छ । तर विजयकुमारको राजनीति भने तत्कालिन हिसावमा सक्षम देखिन्छ । सत्ता केन्द्रीत राजनीतिमा उनी माहिर छन् ।

निश्कर्ष – यी दुई नेतामा गच्छदार तत्कालीन र उपेन्द्र दीर्घकालीन राजनीति गर्नेमा छन् ।

 

प्रखर वक्ता
उपेन्द्र यादव
अध्यक्ष, संघीय समाजवादी फोरम, नेपाल

सकारात्मक पक्ष
– तत्कालिन राजनीतिक विश्लेषण गरेर निर्णय गर्ने र चल्ने क्षमता भएको ।
– सक्रिय हुन सक्ने । कुशल वक्ता ।
– संगठनगर्ने क्षमता भएको ।
– स्वच्छ छवी कायम राखेको ।
– मधेसका एजेन्डा आफ्नो पोल्टामा राख्न सफल ।

नकारात्मक पक्ष
– मधेसमा स्थापित ट्रेण्ड अनुसारको राजनीति गर्न नजान्ने ।
– दीर्घकालीन योजना बनाउन नसक्ने÷नजान्ने ।
– सक्षम ब्यक्ति छानेर टिम बनाउन नसक्ने ।
– जो कोहीलाई छिटो विश्वास गर्ने ।
– यादवजातीलाई मात्र प्राथमिकता दिने आरोप खेप्दै आएका ।

 

सत्ता केन्द्रीत राजनीतिज्ञ
विजयकुमार गच्छदार
अध्यक्ष, मधेसी जनअधिकार फोरम, ‘लोकतान्त्रिक’

सकारात्मक पक्ष
– दीर्घकालीन योजना बनाउन सक्ने ।
– आफ्नो हैसियत चाँडै स्थापित गर्न सक्ने ।
– आफ्नो टीम बनाउन सक्ने ।
– मधेस केन्द्रीत राजनीति (साम, दाम, दण्ड, भेद) गर्न सक्ने ।
– अख्तियार, न्यायपालिका र नेपालको कानुनभन्दा जेठो ।

नकारात्मक पक्ष
– मधेस र विकासप्रेमी होइन भन्ने स्थापित ।
– अवसरवाद र भ्रष्ट छवी ।
– राष्ट्रिय चिन्तनगर्न नसक्ने ।
– हरेक पटक मन्त्री हुँदा संरचना भत्काउने तर बनाउन नसक्ने ।
– मधेसको एजेन्डा नभएको ।

 

 

Logo