आईपीएल : हैदरावादद्वारा दिल्ली ८८ रनले पराजित

आईपीएल : हैदरावादद्वारा दिल्ली ८८ रनले पराजित


काठमाडौं ।

जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा सनराइजर्स हैदरावादले दिल्लीलाई ८८ रनले पराजित गरेको छ ।

हैदरावादले दिल्ली क्यापिटल्सलाई जितका लागि दिएको २२० रनको लक्ष्य दिल्लीले १९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३१ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१९ रन बनाएको थियो ।

हैदरावादका लागि डेभिड वार्नर र रिद्धिमन साहाको अर्धशतकीय पारी खेले । ४५ बल खेलेका रिद्धिमनले १२ चौका र २ छक्काको रहयोगमा ८७ रनको योगदान गरेका थिए ।

हैदरावादका लागि मनिस पाण्डेले ४४ रन बनाउँदा केन विलियम्सनले ११ रनको योगदान गरे ।

हैदरावादको प्लेअफमा पुग्ने सम्भावना कायमै रहेको छ । उसले १२ खेलबाट १० अंक जोडेको छ । पराजित दिल्लीको १२ खेलबाट १४ अंक छ । दिल्ली तालिकाको तेस्रो स्थानमा रहेको छ ।

Logo