लमजुङ (बेँसीसहर), १५ असार । उत्तरी लमजुङमा रहेको मस्र्याङ्दी गाउँपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्र जमिन बाँजो राख्न नपाइने निर्णय गरेको छ । "/>

जमिन बाँझो राख्न नपाइने गाउँपालिकाको निर्णय

जमिन बाँझो राख्न नपाइने गाउँपालिकाको निर्णय


 

लमजुङ (बेँसीसहर), १५ असार । उत्तरी लमजुङमा रहेको मस्र्याङ्दी गाउँपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्र जमिन बाँजो राख्न नपाइने निर्णय गरेको छ । बुधबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बसेको सो बैठकले गाउँपालिकाभित्र रहेको जमिनको अधिकतम उपयोग गरी आर्थिक प्रवद्र्धनमा टेवा पु¥याउन विशेष प्राथमिकताका साथ भू–उपयोग नीति अवलम्बन गर्ने निर्णय गरेको हो ।

बैठकले गाउँपालिकाबाट प्रवाह गरिने सेवाहरु र प्रशासनिक कामलाई छिटोछरितो र व्यवस्थित बनाउन कार्यालय र सम्पूर्ण वडा कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउने निर्णय पनि गरेको छ ।

पहिलो बैठकमा गरिएको १७ बुँदे निर्णयमा एक गाउँ एक ल्यान्ड फिल्ड साइड निर्माण, पञ्चवर्षे गुरुयोजना निर्माण, विभिन्न क्षेत्रका विशेषज्ञ, राजनीतिज्ञ, परामर्शदातासँगको अन्तक्र्रिया, पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि वृत्तचित्र निर्माण र प्रचारप्रसार, समयको व्यवस्थापनलगायत विद्युत् र टेलिफोन सेवामा भएको समस्यालाई सम्बोधन गर्ने निर्णय गरिएको छ । रासस

Logo