केएल मोबाइल हबमा उपहारको बर्षा (भिडियो सहित)

केएल मोबाइल हबमा उपहारको बर्षा (भिडियो सहित)


केन्द्रबिन्दु संवाददाता । १३ असार, काठमाडौं । राजधानीको चाबहिलस्थित केएल टावरमा ‘केएल मोबाइल हब’ सञ्चालनमा आएको छ । हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको हो । मोबाइल हवको उद्घाटन इन्टिग्रेटेट मोबिलीटी सोलुसनका अध्यक्ष दिपक मलहोत्रा, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ, गायक राजेश पायल राई, नायिका ओशिमा बानु तथा समाजसेवी तथा ब्यावसायी निराजन सिंहले संयुक्त रुपमा गरेका थिए । केएल मोबाइल हबमा मोबाइल एक्स्पो समेत सञ्चालन गरिएको छ । एक्स्पो यही २० गतेसम्म सञ्चालन हुने केएल मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । नेपालमै पहिलो पटक फरक अवधारणामा गत असार ५ गतेबाट सञ्चालनमा आएको यो मोबाइल हबमा ६० मिनेट फेस टु फेस मोबाइलमर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एन्ड फिलजोनको सुविधा पनि रहेको छ । अन्यत्र भन्दा सस्तो मूल्यमा मोबाइल उपलब्ध गराइने दाबी गर्दै प्रबन्ध निर्देशक ग्लाइडरले मोबाइल हबबाट जेन्यून र कम्पनीमार्फत उपलब्ध हुने फोनको मात्र कारोबार गरिने जानकारी दिए । विश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने यस मोबाइल हबमा उपहारको बर्षा हुने आयोजकको दावी रहेको छ । १५ दिनसम्म चल्ने मोबाइल मेलामा अवलोकन गर्न आउनेहरुका बीच लक्की ड्र गरिने र भाग्यशाली अवलोकनकर्तालाई मलेसिया र सिंगापुरको टुर प्याकेज उपलब्ध गराइने पनि आयोजकले जनाएका छन् ।    

Logo