लुम्बिनी र ग्रेट माया ‘ए’ लाई तेश्रो साइपाल कप थ्री बाई थ्री बास्केटबल उपाधि

लुम्बिनी र ग्रेट माया ‘ए’ लाई तेश्रो साइपाल कप थ्री बाई थ्री बास्केटबल उपाधि


केन्द्रबिन्दु डेस्क । काठमाडौं, ७ असार । लुम्बिनी र ग्रेट माया ‘ए’ ले तेश्रो साइपाल कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । धुम्बाराहीस्थित आयोजक साइपाल एकेडेमीको कोर्टमा बुधबार भएको गल्र्स फाइनलमा लुम्बिनीले धौलागिरीलाई ११–९ ले पराजित ग¥यो । लुम्बिनीको जितमा प्रतीक्षा मगरले ६ अंक योगदान गरे । लुम्बिनीको टोलीमा प्रतीक्षासहित निलम शेर्पा, छिरिङ छोकी शेर्पा र पुनम भुजेलले प्रतिस्पर्धा गरेका थिए । ब्वाइजको फाइनलमा ग्रेट मायाले ए टिमलाई २१–१३ ले हरायो । विजयी टिमका लागि साहिल विष्टले ८ स्कोर गरे । विजेता टोलीका अन्य खेलाडीमा मिङमार छिरिङ शेर्पा, सोनाम तेन्जिङ र सुजन लिम्बू छन् । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय प्रतीक्षा र साहिल ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । दुवैले जनही ६० हजार बराबरको छात्रवृत्ति पुरस्कार स्वरुप प्राप्त गरे । विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, साइपालका अध्यक्ष निरञ्जन चापागाईं र साइपालका प्रिन्सिपल सुमन नगरकोटीले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा ब्वाइजतर्फ ३७ र गल्र्समा २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Logo