केन्द्रबिन्दु डेस्क । "/>

ओलीको गर्जन– अबिर लाएर मात्र हुँदैन, प्रमाणित गरेर देखाउनुपर्छ

ओलीको गर्जन– अबिर लाएर मात्र हुँदैन, प्रमाणित गरेर देखाउनुपर्छ


केन्द्रबिन्दु डेस्क । काठमाडौँ, २९ जेठ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तीनै तहको निर्वाचनपछि मात्र पार्टी सरकारमा जाने बताएका छन् ।

नेकपा ९एमाले० ३ नं प्रदेश कमिटीले आज स्थानीय तहको निर्वाचनमा ३ नं प्रदेशभर एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा उनले भने, “स्थानीय तह, प्रदेश र सङ्घको चुनाव सकिएपछि अरू सबै दलहरू मिले पनि सरकारमा जानबाट एमालेलाई रोक्न सक्ने छैनन् ।”

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलगायतका दलहरु मिलेर एमालेलाई प्रतिपक्षमा राखेजस्तो अवस्था तीनै तहको निर्वाचनपछि नहुने ओलीले बताए ।

उनले भरतपुरमा मतपत्र च्यातिएको, भक्तपुरको चाँगुनारायण नगरपालिकामा मतगणना स्थगित गरिएको र एमालेले जित्ने ठाउँमा सत्तारुढ दलले षड्यन्त्र गरेको आरोप लगाए ।

ओलीले अगाडि भने, “अरूले दौडेर जित्ने अवस्था छैन, छिर्के लगाएर लडाउने काम भएको छ, ललितपुरमा त्यही काम भएको हो, जितेको मान्छेलाई हराइएको छ ।” उनले पार्टीको सजगतामा कमी भएको तथ्य जिकिर गरे ।

अध्यक्ष ओलीले जनप्रतिनिधिलाई संविधान पढ्न र जिम्मेवारीपूर्वक काम गर्न सुझाव दिँदै स्थानीय सरकार पहिलेको स्थानीय निकायजस्तो नभएको हुँदा संविधानले तोकेको जिम्मेवारी पूरा गर्न जनप्रतिनिधि सक्रिय हुनुपर्ने बताए ।

“संविधान पढ्नुभएको थिएन होला, अब संविधानको सबै पाना पल्टाउनुपर्छ, अनुसूची भनेको के हो थाहा पाउनुपर्छ,” ओलीले एमालेबाट चुनाव लेडर विजयी बनेका जनप्रतिनिधिहरूलाई भने ।

स्थानीय तहमा उपाध्यक्षले न्यायिक समितिको नेतृत्व गर्नुपर्ने स्मरण गराउँदै उनले अगाडि भने, “तपाईंहरूले न्यायाधीशको काम गर्नुपर्छ । निष्पक्ष रुपमा गर्नुहोला । जोखाना हेरेर हुँदैन । जितेर अबिर लाउनुभयो तर अब प्रमाणित गरेर देखाउनुपर्ने बेला भयो ।”

ओलीले निर्वाचित महिलालाई घरव्यवहार धान्ने र स्थानीय तह कुशलतापूर्वक सञ्चालन गर्ने दोहोरो जिम्मेवारी आइपरेको पनि उल्लेख गरे ।

Logo