वर्षेनी प्रेस पास नवीकरण गर्नुपर्ने परम्परा अन्त्य गर्ने प्रयत्न गर्छाैः सञ्चारमन्त्री गुरुङ

वर्षेनी प्रेस पास नवीकरण गर्नुपर्ने परम्परा अन्त्य गर्ने प्रयत्न गर्छाैः सञ्चारमन्त्री गुरुङ


सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्षेनी पत्रकारहरुको प्रेस पास नवीकरण गर्नुपर्ने परम्पराको अन्त्यको प्रयत्न गरिने बताएका छन् ।  

आइतबार काठमाडौँमा आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले देशमा तालीमप्राप्त पत्रकार नहुँदा विकृति, विसंगति जन्मिएको भन्दै पत्रकारहरुको निम्ती तालीम केन्द्रको विकास नगरी पत्रकारीता क्षेत्रको गुणस्तर विकास नहुने बताए । आफ्नो योग्यता, क्षमता र गुणस्तरबिना बजारमा बिक्री हुन्नौं भन्ने हेक्का पत्रकारहरुले पनि राख्नुपर्नेमा उनको जोड छ । उनले विरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा परिवर्तन नगरेसम्म पत्रकारिता क्षेत्रलाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन नसकिने पनि बताए ।

मन्त्री गुरुङले पत्रकारहरुका लागि प्रशिक्षण प्रतिष्ठान खोल्ने कुरा सरकारको नीति कार्यक्रममा ल्याइने बताए । उनले अनलाइन नवीकरणका लागि जिल्ला हुलाक कार्यालबाट हुने गरी नीतिगत निर्णय गरिएको भए पनि हुलाकका कार्मचारी दक्ष नहुँदा प्रभावकारी नभएको धारणा राखे ।  

उनले पत्रकारको समस्या समाधानको निम्ती प्याकेज बनाएर अघि बढ्ने बताए । पत्रकारहरुका लागि कोभिड १९ विरुद्धको खोपको समेत व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

Logo