मोरक्कोमा बाढीपहिरोबाट २४ जनाको मृत्यु

मोरक्कोमा बाढीपहिरोबाट २४ जनाको मृत्यु


मोरक्कोमा अविरल वर्षापछि भिषण बाढीपहिरो गएको छ। बाढीपहिरोमा परेर कम्तिमा २४ जनाको मृत्यु भएको छ।

देशको उत्तरतर्फ पर्ने तान्गिरमा सोमबार आएको बाढीमा परेर कम्तिमा पनि २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् ।

घटनास्थलमा खोजी तथा उद्धारका प्रयासहरू अहिले पनि जारी छ। घटनामा कमदारहरू पनि परेका छन् । तर, उनीहरूको सङ्ख्या यकिन हुन नसकेको अधिकारीहरूको भनाइ छ। रासस

Logo