सरकारले सवा खर्ब घटायो बजेटको आकार

सरकारले सवा खर्ब घटायो बजेटको आकार


सरकारले चालूआर्थिक वर्ष २०७७/७८ को लागि विनियोजित बजेटको आकार घटाएको छ । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले गएकाे १५ जेठमा ल्याएको बजेटलाई अर्थमन्त्री विष्णु पौडेलले अर्धवार्षिक समीक्षामार्फत सवा खर्ब रुपैयाँ घटाएका हुन् ।

अर्थमन्त्री पौडेलले चालूआर्थिक वर्षको ६ महिनामा खर्चको संशोधित अनुमानका आधारमा बजेटको आकार घटाएको जानकारी दिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर पौडेलले चालू आवको बजेटका आकारमा १ खर्ब २९ अर्ब ९६ करोड घटाएको जानकारी दिए । उनले चालू आवको बजेटको संशोधित अनुमानका आधारमा १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँमात्रै खर्च हुने प्रक्षेपण सार्वजनिक गरेका छन् ।

चालू आवमा विनियोजित बजेट १४ खर्ब ७४ अर्ब ६४ करोडको ९१.१९ प्रतिशत हो । यो खर्च अनुमान गर्दा प्रतिनिधिसभा सदस्य निर्वाचन, कोभिड–१९ विरुद्धको खोप, अनिवार्य दायित्व, पूर्व सहमति दिइएका ठूला आयोजनामा हुने खर्चको संशोधित दायित्वलाई दृष्ट्रिगत गरेको मन्त्री पौडेलले बताएका छन् । 

सरकारले गरेको बजेट खर्चको अनुमानमा चालूतर्फ ९ खर्ब १४ अर्व ७८ करोड खर्च हुने अनुमान गरिएको छ । यस्तो खर्चमा पूँजीगततर्फ भने २ खर्ब ८३ अर्ब ४ करोड खर्च हुने अनुमान छ । पौडेलले बजेटमा पूँजीगत खर्च २० प्रतिशत विन्दुले घटाइएका छन् । सरकारले बजेटमा चालु खर्च ९ खर्ब ४८ अर्ब ९४ करोड, पूँजीगत खर्च ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब निर्धारण गरेको थियो ।

सरकारले ल्याएको चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ४ खर्ब १५ खर्ब ७४ करोड ५४ लाख खर्च गरेको छ । यो खर्च कुल विनियोजित बजेटको २८.१९ प्रतिशत भएको जानकारी दिइएको छ । चालू आवको पहिलो ६ महिनामा ३ खर्ब ८६ खर्ब ५३ करोड ४२ लाख कर राजश्व संकलन गरेको छ । 

Logo