घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?


साताको पाँचौं दिन नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।  बुधबार स्थिर रहेको सुन आज ४ सयले घटेको हो । आइतबार ६ सयले बढेको थियो भने सोमबार २ सयले घटेको थियो । सुन मंगलबार १५ सय रुपैंयाँले बढेको थियो ।

गत हप्ता आइतबार १०० रुपैंयाँले बढेको सुन सोमबार भने ५०० ले बढेको थियो । मंगलबार स्थिर थियो भने बुधबार ६ सयले घटेको थियो । सुन विहिबार ९ सयले घटेको थियो । शुक्रबार १ हजार १ सयले घट्दै प्रतितोला ९० हजार रुपैंयाँमा कारोबार भएको थियो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको मूल्य ९१ हजार ५ सय कायम गरिएको छ । यस्तै तेजावी सुनको मूल्य ९१ हजार रहेको छ । यस्तै चाँदीको मूल्य पनि आज २५ रुपैयाँले घटेको छ । चाँदी आज १ हजार ३१५ रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Skip This
Logo