नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी झाँक्री निवासमा, समर्थकहरुको विरोध

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी झाँक्री निवासमा, समर्थकहरुको विरोध


प्रहरीले नेकपाकी नेतृ रामकुमारी झाँक्रीमाथि अनुसन्धान अघि बढाएको छ । महानगरीय अपराध महाशाखाले उनलाई अनुसन्धानका लागि कार्यालय बोलाएको थियो तर उनी उपस्थित नभएपछि आज सादा पोशाकका प्रहरी उनको घरमा पुगेका छन् ।  

राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको र सामाजिक संजालमा लेखेको आधारमा उनीमाथि अनुसन्धान अघि बढाउन लागिएको प्रहरीले जनाएको छ । उनले राष्ट्रपतिलाई गाली गरेको आरोप लगाइएको छ ।

केही दिन अघि प्रधानमन्त्री केपी ओली समुह निकट महिला नेतृहरूले झाँक्रीलाई पक्राउ गर्न गृह मन्त्रालयमा निवेदन दिएका थिए । गृह मन्त्रालयकै निर्देशनका आधारमा महाशाखाले नेतृ झाँक्रीमाथि अनुसन्धान गर्न लागेको हो ।  

दोस्रो जनआन्दोलनपछि भाषण गरेकै आधारमा नेतामाथि प्रहरीले अनुसन्धान गरेको यो पहिलो घटना हो ।

यसैबीच नेतृ झाँक्रीलाई पक्राउको विरोधमा उनका समर्थकहरुले अहिले उनको निवास शंखमुलमा विरोध गरिरहेका छन् । उनलाई पक्राउ गर्न नहुने भन्दै समर्थकहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजी गरिरहेका हुन् ।  

Logo