नेपालमा आज ८१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज ८१ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० जना पुगेको छ । आज ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ७१८ रहेको छ ।

पछिल्लो २४ घण्टामा १११ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ६६० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ ।  यो सँगै कूल मृत्यु हुनेको संक्रमितको संख्या २ हजार ५२ पुगेको छ ।

नेपालमा हालसम्म २१ लाख ७ हजार ६४९ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार २३ जनाको परीक्षण गरिएको छ।

काठमाडौं उपत्यकामा आज ३३ जनामा संक्रमण पुष्टि भएको छ ।  

Logo