आज पनि घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

आज पनि घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो


साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुन ६ सयले घटेको हो । विहिबार ४ सयले घटेको थियो भने बुधबार स्थिर रहेको थियो। आइतबार ६ सयले बढेको थियो भने सोमबार २ सयले घटेको थियो । सुन मंगलबार १५ सय रुपैंयाँले बढेको थियो।

गत हप्ता आइतबार १०० रुपैंयाँले बढेको सुन सोमबार भने ५०० ले बढेको थियो । मंगलबार स्थिर थियो भने बुधबार ६ सयले घटेको थियो । सुन विहिबार ९ सयले घटेको थियो । शुक्रबार १ हजार १ सयले घट्दै प्रतितोला ९० हजार रुपैंयाँमा कारोबार भएको थियो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको मूल्य ९० हजार ९ सय कायम गरिएको छ । यस्तै तेजावी सुनको मूल्य ९० हजार ४ सय रहेको छ । यता चाँदीको मूल्य भने आज ५ रुपैयाँले बढेको छ। चाँदी आज १ हजार ३२० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo