हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ बजारमा (भिडियोसहित)

हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ बजारमा (भिडियोसहित)


सृजना खत्री हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ बिहीबार सार्वजनिक भएको छ । स्वयम खत्रीको शब्द र स्वर रहेको सो गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।

गीतमा अभिनय पनि खत्रीकै छ भने उनीसँगै केवलजंग कुँवरले साथ दिएका छन् । पछिल्लो समय ‘एक्सको छम्मा’ गीत गाएर चर्चा कमाएकी उनले हाल यो गीत सार्वजनिक गरेपछि स्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताइन् ।  

“विगतको गीतबाट यस्तै गीत मात्र गाउँछे भन्ने जुन टिप्पणी आएको थियो, यो गीतले त्यसलाई चिरेको छ”, उनले भनिन् । माया गर्ने सम्पूर्ण जोडीका लागि यो गीत रहेको उनको दावी छ ।  

गीत उनकै व्यक्तिगत युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।  

Logo