नेपालमा आज ५७ जनामा कोरोना संक्रमण पुष्टि, १३३ जना निको

नेपालमा आज ५७ जनामा कोरोना संक्रमण पुष्टि, १३३ जना निको


नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६१४ जना पुगेको छ । आज ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ६३१ रहेको छ ।

पछिल्लो २४ घण्टामा १३३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ९२९ पुगेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । यो सँगै कूल मृत्यु हुनेको संक्रमितको संख्या २ हजार ५४ पुगेको छ ।

नेपालमा हालसम्म २१ लाख १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गरिएको छ । आज १ हजार ९०० जनाको परीक्षण गरिएको छ। काठमाडौंमा आज ३१ जनामा कोरोना संक्रमण भएको छ ।  

Logo