कार्यकर्तालाई कमल थापाको निर्देशन, ‘अदालतले विघटन सदर गरे चुनावको तयारी गर्नुस्’

कार्यकर्तालाई कमल थापाको निर्देशन, ‘अदालतले विघटन सदर गरे चुनावको तयारी गर्नुस्’


राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय सदर गरे युद्धस्तरमा चुनावको तयारीमा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आज हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै थापाले संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनको तयारीलाई सशक्त ढंगबाट संचालन गर्नु पर्नेमा जोड दिए।

नेपाली समाज सनातन मूल्य, मान्यता, धर्म र संस्कृतीको जगमा खडा भएको छ भन्दै थापाले मुलुकको स्वाधिनता जोगाउन राजासहितको प्रजातन्त्र आवश्यक रहेको चर्चा गरे।

कोहि कसैसँग डराउन नपरेपछि भ्रष्टाचार, व्यभिचार र मनपरितन्त्र बढेको भन्दै थापाले भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र सर्वसत्तावाद अहिलेको प्रमुख समस्या भएको समेत उल्लेख गरे । कार्यक्रममा राप्रपा नेताहरु राजाराम बर्तौला, रामहरी न्यौपाने, गुरुप्रसाद सापकोटा, इन्दिरा न्यौपाने र मिठेबहादुर कार्की लगायतले बोलेका थिए ।

Logo