#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20072821734821640789312930107
नेपाल2331079673816493

पाकिस्तानको राष्ट्रिय दिवसमा भारत अनुपस्थित

नयाँ दिल्ली

पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा भारत अनुपस्थित भएको छ । शनिबार मनाइएको पाकिस्तानको राष्ट्रिय दिवस मुल समारोहमा अनुपस्थित हुने निर्णय भारतले शुक्रबार गरेको थियो ।

जम्मु कश्मिरमा उत्पन्न पछिल्लो तनावपछि विग्रिएको सम्वन्धका कारण पाकिस्तानी कार्यक्रममा सहभागी नभएको भारतीय अधिकारीहरुले बताएका छन् । कार्यक्रममा कोही सहभागी नभएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई औपचारिकतामा सिमित शुभकामना सन्देश भने पठाएका थिए ।

सन्देशमा उहाँले राष्ट्रिय दिवसका अवसरमा पाकिस्तानी जनता र सरकारप्रति शुभेच्छा व्यक्त गरेका थिए । उनले अहिलेको समय वार्ता र सहकार्य मार्फत् यस क्षेत्रको लोकतन्त्र, शान्ति, प्रगति र सम्बृद्धिका लागि काम गर्नुपर्ने बेला भएको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार