ट्राफिक स्वयंसेवक परिचालन गर्दै महाशाखा

ट्राफिक स्वयंसेवक परिचालन गर्दै महाशाखा


महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त तथा सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।  

महाशाखा तथा उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा तीनसय जना ट्राफिक स्वयंसेवकलाई प्रशिक्षित गरी काठमाडौँका विभिन्न चोक, जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा परिचालन गरिएको महाशाखाले जनाएको छ । महाशाखाले स्वयंसेवकलाई १० दिनसम्म उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालित गर्ने जनाएको छ ।  

काठमाडौँ उपत्यकाको सवारी चाप हुने र बढी भीडभाड हुने स्थानमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । स्वयंसेवकले आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै जथाभावी बाटो नकाट्ने र नियम पालना गर्ने सन्देश प्रवाह गर्ने एसएसपी भट्टराईले जानकारी दिए ।  

Logo