वर्तमान सरकारको तीन वर्ष पूरा, यस्तो छ कार्य प्रगति (भिडियोसहित)

वर्तमान सरकारको तीन वर्ष पूरा, यस्तो छ कार्य प्रगति (भिडियोसहित)


नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आज तीन वर्ष पूरा गरेको छ । यसै सन्दर्भमा प्रधानमन्त्रीले तीन वर्षमा सरकारले गरेका कामहरुको विवरण प्रस्तुत गरेका छन् ।  

०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएपछि आज उद्घाटन गर्दै प्रधानमन्त्रीले सरकारका कामहरुको विवरण प्रस्तुत गरेका हुन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका प्रगति विवरण सार्वजनिक गरेका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माण सम्पन्न भएपछि आज उद्घाटनलगत्तै मूलचोकमा आयोजित कार्यक्रममा तीनवर्षे कार्यकालका प्रगति विवरण सार्वजनिक गर्दै उनले देश समृद्धि उन्मुख भएको बताए ।  

 तीन वर्षदेखि संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्न नदिइएको र विसं २०७४ फागुनदेखि संसद्मा पेश भएका कैयौँ विधेयक छलफलमा नलगी अघि बढ्न नदिइएको दुःखेसो पोख्दै प्रधानमन्त्री ओलीले दुई तिहाइ नजीकको सरकारलाई काम गर्न नदिइएपछि ताजा जनादेशका लागि निर्वाचनमा जान प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए ।  

Skip This
Logo