चौदण्डीमाथि चन्द्रपुरको संघर्षपूर्ण जीत

चौदण्डीमाथि चन्द्रपुरको संघर्षपूर्ण जीत


राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले जीत निकालेको छ । मंगलबार भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

चन्द्रपुरको जितमा रजनी थोकर र दिलकुमारी रानाले एक/एक गोल गरे । चौदण्डीकी मनिता तामाङले एक गोल फर्काईन् । पहिलो हाफको इन्जुरी समयमा रजनीले गोल गर्दै चन्द्रपुरलाई अग्रता दिलाएकी थिइन् ।

खेलको ६६ औं मिनेटमा दिलकुमारीले गोल गर्दै टोलीको अग्रता २–० को बनाईन । त्यसपछि खेलको ६८ औं मिनेटमा चौदण्डीकी मनिताले एक गोल फर्काए पनि चन्द्रपुर २–१ ले विजयी भयो ।

जीतसँगै चन्द्रपुरले ११ खेलमा ९ अंक जोडेको छ । लिगमा तेस्रो जीत निकालेको चन्द्रपुर छैटौं स्थानमा रहेको छ । चौदण्डीको यो लगातार  ११ औं हार हो । चौदण्डी अंक बिहीन रहँदै पुछारमा रहेको छ ।

Skip This
Logo