अर्थकर्पोरेट टक

संखुवासभा र उदयपुरमा प्रभु बैंकको शाखा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले संखुवासभा र उदयपुरमा शाखा विस्तार गरेको छ । संखुवासभाको खाँदवारी नगरपालिका १ स्थित खाँदवारीमा र उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित गाईघाटमा नयाँ शाखा स्थापना गरिएको हो । खाँदवारी शाखा कार्यालयको खाँदवारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाले एक कार्यक्रमकाबीच गरेका छन् । त्यसैगरी उदयपुरको गाईघाट शाखाको प्रदेश सभासद हिमाल कार्कीले उद्घाटन गरेका छन् ।

खाँदवारी शाखा कार्यालय र गाईघाट शाखा कार्यालय समुद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्र भलाद्मी, व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका दुवै प्रमुख अतिथीहरुले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे ।

त्रियुगा नगरपालिका र खाँदवारी नगरपालिकाबासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको भन्दै त्यसको सदुपयोग गर्न सबैलाई आग्रह गरे ।

आजदेखि सञ्चालनमा आएका बैंकका गाईघाट शाखा र खाँदवारी शाखाबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेमा बैंकले विश्वास लिएको छ ।

Comment here